Logo
६ जेष्ठ २०८१, आईतबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SP बिष्टसहित तिनै जनाको DNA म्याच भएन, निर्मलाको हत्यामा दोषी पत्ता लगाउन झन कठिन

कञ्चनपुर स्थित बलात्कारपछि हत्या गरिएकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणले पनि दोषी किटान गर्न नसक्ने देखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएकोमा डिएनए म्याच नभएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका तीनैजनाको डिएनए म्याच नभएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत आइतबार सार्वजनिक हुँदैछ ।

आशंका गरिएका तीनजनाको डिएनए परीक्षणबाट पनि दोषी पत्ता लाग्न नसकेको हो । गएको साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका दोषी अझै पत्ता लाग्न सकेका छैनन् ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दीलिप बिष्टको डिएनए परीक्षण भएको थियो, त्यसबाट उनी घटनामा संलग्न नभएको देखिएको थियो ।

 

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्