Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरी प्रतियोगीतामा भाग लिएर जितेकी २० वर्षीया इराककी मोडलको गोली हानेर हत्या

इराककी मोडल तारा फारिसको बगदादमा गोली प्रहार गरेर हत्या गरिएको छ । आफ्नै कारमा बसेका बेला उनको गोली हानेर  हत्या गरिएको हो ।

उनको घटनास्थलमै ज्यान गएको इराकी गृह मन्त्रालयले पुष्टि गरेको छ । २० वर्षीया मोडल आफ्ना ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् ।

उनको सुन्दरता र आकर्षक जीवनशैलीका कारण चरमपंथिले निशाना बनाएको बताइएको छ ।

उनले केहीदिनअघि इंस्टाग्राम पेजमा एक तस्बिर शेयर गरेकी थिइन जसको क्याप्सनमा लेखेकी थिइन्, ‘म अल्लाहसँग क्षमा र दयाका लागि प्राथना गरिरहेकी छु ।’

मोडल ताराको इंस्टाग्राममा २७ लाख भन्दा बढी फलोअर्स छन् । हालै उनलाई इराकको सामाजिक सञ्जालमा सबै भन्दा चर्चित हस्तीका रुपमा सम्मान गरिएको थियो ।

इराक प्रहरीले यस घटनाको अनुसन्धान सुरु गरेको छ । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

तारा १९९८ मा जन्मेकी थिइन् । उनका बुवा इराकी र आमा लेबनानी हुन् । २०१५ मा ताराले सुन्दरी प्रतियोगीता पनि जितेकी थिइन् ।

प्रकाशित मिति: Sep 29, 2018

प्रतिक्रिया दिनुहोस्