Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय वनबाट अवैधरुपमा काटिएका काठ बरामद्

लहान : सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाबाट अवैधरूमा काटिएका सालका काठ बरामद् गरिएको छ ।

लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराति बल्टीयास्थित चुरे क्षेत्रको राष्ट्रिय वनबाट अवैधरुपमा चिरान गरी ल्याइएका तीन दशमलव ८१ क्यूफिट काठ बरामद् गरेको वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिएका छन् ।

खुला सिमानाका कारण अवैधरुपमा काठको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले काठ बरामद् गरे पनि अध्यारोको फाइदा उठाउँदै काठ बोक्ने भरिया फरार भएको उनले बताएका छन् ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्