Logo
२२ बैशाख २०८१, शनिबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिब नौ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

काठमाडाैं : मलेसियाको कलिङ भिसा लिएर पनि नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचीमा पर्ने खतरा बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हुने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ ।

कमदारसँग चर्को शुःल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्राम्स खारेजी गरेपछि जेठ २ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन् ।

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्