Logo
१८ बैशाख २०८१, मंगलबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्याकाण्ड छानबिन गर्न डिआइजी बस्नेतको नेतृत्वमा नयाँ समिति

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले  निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न केही दिनअघिमात्र एआइजीमा बढुवा सिफारिस भएका डिआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति बनाएको छ ।

डिएनए परीक्षणका क्रममा प्रहरीले उभ्याएको अभियुक्त फर्जी भएको प्रमाणित भएको र गृहमन्त्रालयले दुई डिएसपीसहित थप पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेपछि अनुसन्धानलाई अझ तीव्र र गहन बनाउन डिआइजी बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समिति प्रहरी प्रधान कार्यालयले बनाएको हो ।

यसमा एसएसपी निरज शाही पनि छन् । यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाए पनि परिवर्तित अवस्थामा समितिलाई अपग्रेड गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।

यो समितिले निलम्बनमा परेका प्रहरी अधिकारीहरुलाई काठमाडौँ झिकाएर बयान लिने र अनुसन्धान गर्ने काम सुरु गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । गृहद्वारा गठित समितिले प्रहरी अनुसन्धान कमजोर रहेको स्पष्ट भएको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा बादललाई दिएको थियो ।

महाकाली आर्यघाटमा सोमबार हत्या गरिएकी बालिका निर्मला पन्तको अन्तिम संस्कार गरिँदै। इन्सेटमा निर्मला।

 

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्