Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै

इनरुवा : सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए ।

जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१/०७२ मा २९१, २०७२/०७३ मा ७५६, २०७३/०७४ मा ९३६ र २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मङ्सिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, बैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए। महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निःशुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालीमलगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

तथ्याङ्क हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको देखाएपनि असुरक्षितरुपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको सङ्ख्या पनि बढी रहेको बताइएको छ ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्