Logo
२२ बैशाख २०८१, शनिबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजमा भ्युज घुसाउने पत्रकारहरु अपराधी हुन : मातृका प्रसाद यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले न्यूजनमा भ्युज घुसाएर समाचार बनाउने पत्रकारहरु अपराधी भएको कडा आरोप लगाएका छन् । पत्रकारले विदेशी लगानीकर्तालाई भगाउनको लागि हो कि वा मन्त्रीलाई सुधार गर्नको लागि समाचार लेखेको भन्दै यादवले प्रश्न समेत गरे ।

बिहीबार काठमाडौंको आर्थिक पत्रकार समाज (सेजन) ले बाईल्याटरल ईन्भष्टमेन्ट एग्रिमेन्टबारे आयोजना गरेको राउण्ड टेबल डिस्कशनमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले भने,‘यदि मन्त्रीले गल्ती गरेको छ । सरकारले गल्ती गरेको छ भने आउनुहोस् न टेबुलमा छलफल गरौं न । लेख्न, बाहिर फेशबुकमा हाल्न सजिलो छ । तर, सही के हो भन्नेबारे छलफल गर्न त आँट गर्नु त पर्यो नि । म सम्पादक, मिडियाका मालिकहरुलाई भन्छु, हाम्रो मन्त्रालयमा केही छलफल गर्नुपर्यो भने हाम्रो टेबुलमा आउनुपर्यो ।’

आफूहरुसँगको छलफलमा केही चित्त नबुझे अनि समाचार बनाउँदा हुने उनको तर्क छ । उनले थपे,‘तर, त्यहाँ कानून नै लाग्दैन् । हाम्रो विरुद्धमा यत्रो ठूलोमा लेख्छ, अनि हामीले खण्डन गर्यो भने यत्रो सानो बनाएर हालिदिन्छ।’

मिडियाले न्यूजमा भ्यूज घुसाउनु भनेको अपराध भएको उनको भनाई छ । उनले थपे,‘यदि कसैले न्युजमा भ्यूज घुसाउँछ भने त्यो पत्रकारिताभित्रको ठूलो अपराध हो । त्यसैले जे छ त्यसबारे तथ्य राख्नुपर्यो ।’

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्