Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आज भुटानसँग प्रतिस्पर्धा गर्दै, नेपाललाई जित्नैपर्ने दबाव

ढाका : बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले बिहिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समय अनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २(१ गोलअन्तरले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाव छ ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध जितको विकल्प नभएको बताए । ‘मैले हावादारीमा भनेको होइन बंगलादेश, भुटान यी दुई वटै टिमलाई जुनसुकै समयमा जित्न सक्ने क्षमता नेपाली खेलाडीमा छ । तर, एट्याकिङ लाइनमा सुधार्नु पर्छ । हामीलाई जित्नुको कुनै विकल्प छैन ।’

त्यसो त, नेपाली फुटबल टिमका कप्तान विराज महर्जन पनि भुटानलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने सम्भावनालाई जिवितै राख्ने बताउँछन् । ‘पाकिस्तानसँग भएको गल्ती सच्याएर हामी आगामी दुवै खेल कसरी हुन्छ जित्ने लक्ष्यमा छौ ।’

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २(० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३(१ गोलअन्तरले पराजित गरेको थियो ।

यो पटक पनि बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपको पहिलो खेलको सम्झनामा नेपाली टिम हुनेछ  ।

नेपालकाे सम्भावित टिम

गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : आदित्य चौधरी, विराज महर्जन, अनन्त तामाङ, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, अन्जान विष्ट, निराजन खड्का
फरवार्ड  : बिमल घर्तीमगर, नवयुग श्रेष्ठ

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्