Logo
१६ जेष्ठ २०८२, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह : अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । अष्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ ।

उहाँलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उहाँलाई देशका विरुद्ध जासुस गरेको भन्दै छ वर्षको जेल सजाय सुनाएको हो । गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी ¥यालीको तस्बिर उहाँले ड्रोन प्रयोग गरेर खिच्नु भएको थियो ।

यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उहाँलाई लगाइएको थियो । गत वर्षको जुनदेखि थुनामा राखिएको उहाँको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो । छ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उहाँलाई छ वर्षको जेल सजाय सुनाएको हो ।

फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उहाँलाई छ वर्षको जेल सजायँ तोकिएको उक्त अदालतले बताएको छ । उहाँले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर सो आरोप रिक्सटनले भने अस्वीकार गर्नुभएको छ ।

अदालतमा सुनुवाई भइरहेकै बेला उहाँले चर्को स्वरमा भन्नुभएको थियो– विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ रु चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिनुभयो ।

चलचित्र निर्माता रिक्सटन ६९ वर्षको हुनुहुन्छ । उक्त फैसला सुनाइएपछि उहाँले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्