Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

काठमाडौं : बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। मोदी बिहीबार बिहान विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

प्रधानमन्त्री मोदीलाई सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरे।

बंगलादेशका प्रधानमन्त्री र थाइल्यान्डका राष्ट्रपति बाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्षहरू काठमाडौं आइसकेका छन्। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त पारिएको छ। 

प्रकाशित मिति: Aug 30, 2018

प्रतिक्रिया दिनुहोस्