Logo
२० बैशाख २०८१, बिहीबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपको बलमा भैभव रनआउट, नेपाललाई तेस्रो सफलता

काठमाडौं : एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले ओमनको तेस्रो विकेट लिएको छ । ओमनका भैभव वाटेगओंकरलाई सन्दीप लामिछानेले रनआउट गराए । ओमनले ३७ औं ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १४७ रन बनाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भि्रज्लाल लिल्चेताले समान २-२ विकेट लिए । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

यसअघि ओमनका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन रनआउट भएका थिए भने नेपालका कप्तान पारस खड्काले पहिलो विकेटको रुपमा अकिब इल्यासलाई १६ रनमा एल्बिडब्लु आउट गराएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । उनले ८३ रन बनाएर रनआउट भए । उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका लागि ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । आरिफ शेखले ३६ रन बनाए। उनले सागर पुनसँग मिलेर ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । त्यस्तै, नेपालका लागि करण केसीले विष्फोटक ब्याटिङ गरे । उनले १० बलमा २६ रन बनाए ।

 

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्