Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुप्ता समेत सांसद हृदयश त्रिपाठी समुह औपचारीक रुपमा नेकपा प्रवेश गर्दै

काठमाडौं : सुर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारीक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केहि नेताहरु प्रवेश गराउन लागिएको छ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको उपस्थितीमा नेताहरुलाई पार्टीमा भित्राउन लागिएको हो। गत निर्वाचन अघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधी सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए ।

त्रिपाठी सहित वृजेश गुप्ता पनि नेकपामा प्रवेश गर्ने भएका छन् । राजपाका तत्कालिन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनीहरुसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रबेश गर्न लागेका हुन्। नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बिहीबार विभिन्न नेताहरु पार्टी प्रबेश गर्न लागेको बताए ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्