Logo
२२ बैशाख २०८१, शनिबार
(August 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुलाकी राजमार्ग बनाउन भारतले दियो नेपाल सरकारलाई ४७ करोड

काठमाडाै‌ : भारत सरकारले  हुलाकी राजमार्ग आयोजना निर्माणका लागि नेपाल सरकारलाई ४७ करोड रुपैयाँ प्रदान गरेको छ।
भारतीय राजदूत मञ्जिव सिंह पुरीले मंगलबार उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणधिन सडकका लागि खर्च गर्ने सरकारको तयारी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई मंगलबार सिंहदरबारमा सिंहले ४७ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। यसअघि भारत सरकारले हुलाकी राजमार्ग निर्माणको लागि २.३५ विलियन रुपैयाँ प्रदान गरिसकेको छ। भारतीय सहयोगबाट धनगढी-भजनीया-सत्ती सडक र लम्की–टिकापुर-खक्रौला सडकको निर्माण पूरा भइसकेको छ।

सन् १९५० देखि भारत सरकारले बहुक्षेत्रीय र बहुमुखी भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारको विकासका लागि सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: Aug 15, 2018

प्रतिक्रिया दिनुहोस्