Logo
१८ बैशाख २०८१, मंगलबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउती गुडका उद्योग परिसरमा आज अज्ञात समुहद्धारा बम विस्फोटन

धनगढ : कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ ।

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ । यसअघि यही साउन २ गते उक्त उद्योग नजीक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्