Logo
२२ बैशाख २०८१, शनिबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी र ८४ लाख नगदसहित ४ जना भारतीय प्रहरीको नियन्त्रणमा

परासी, २४ साउन : ८३ लाख नेपाली रुपैया सहित चार जना भारतीय युवक ठुठीबारी-महेशपुर सीमाबाटपक्राउ परेका छन् । भारतको सिमावर्ती बजार ठुठीबारी सीमा नेपालको नवलपरासीको महेशपुर सीमासंग जोडिएको नाका हो ।  

भारी नगद रुपैया सहित पक्राउ पर्ने विहारको सिवान बस्ने निरंजन कुमार, गोरखपुर खजनी निवासी रामेश्वर सिंह, देवरियाको तरकुलवा निवासी धर्मेन्द्र राव, र महराज गंजको निचलौल निवासी मुंशरीफ रहेको जनपद प्रहरी ठुठीबारी कोत्वालीले जनाएको छ । प्रहरीले पक्राउ परेका चारै जना भारतीय नागरिक रहेको भन्दै उनीहरुमागि अनुसन्धान भइरहेको जनाएको छ ।

भारतको महराजगंज जिल्लाको सीमावर्ती बजार ठुठीबारी सीमामा भारतबाट नेपाल भित्र्याउँदै गरेको नेपाली र भारतीयसमेत गरी करिब ८४ लाख रुपिया नगद सहित ४ जना युवाहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो ।  

ठुठीबारी–महेसपुर सीमामा भारतीय प्रहरीले सवारी साधन चेकजाँचको क्रममा युपी ५३ सीबी ४३९८ नम्बरको भरतीय सेतो कारमा सवार ४ जना युवाले नेपाली ८३ लाख २० हजार र भारतीय ४४ हजार रुपिया नगद सहित फेला पारेपछि कार र नगद रुपैया सहित कारोबारी ४ वटै युवाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भारतीय सीमा सुरक्षा एवं गुप्तचर एजेन्सीले जानकारी दिएको छ ।

पैसाको बारेमा प्रहरीलाई विशेष सुराकी भएपछि बुधबार विहान जनपद प्रहरी र एसएसबीले सवारी साधन चेकजाँच गर्दै आवत जावत गर्ने व्यक्तिहरु माथि निगरानी बढाएको थियो । बुधबार विहानकै समयमा रुपैयाले भरिएको कार भारतबाट ठुठीबारी–महेसपुर नाका हुदै नेपाल छिराउन खोज्दा शंकाका आधारमा प्रहरीले कार चेकगर्दा कारको डिग्गीमा कागज बेरेर राखिएको नेपाली र भारतीय मुद्रा फेला पारी कार र युवकहरुलाई नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्