Logo
५ जेष्ठ २०८१, शनिबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित

रसुवा : निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो ।

पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ । भूमिगत संरचनाको काम भने निर्वाधरुपमा सञ्चालन भइरहेको छ । चार हजार २०३ मिटर हेडरेस सुरुङको निर्माण अन्तिम चरणमा पुगेको बताइको छ ।

यही साउन ११ गते क्षति भएको टिमुरे घट्टेखोला राजमार्गको पक्की पुल मर्मत द्रुतरुपमा अगाडि बढिरहेको सडक डिभिजन नुवाकोटाका प्रमुख नीरज शाक्यले जानकारी दिए । (रासस)

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्