Logo
५ जेष्ठ २०८१, शनिबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत सर्ट भएर ओम म्याक्स सिनेमा हलमा भीषण आगलागी

हेटौँडा, २३ साउन : मकवानपुरको हेटौडा स्थित ओम म्याक्स सिनेमा हलमा भीषण आगलागी भएको छ । आगो निभाउन हेटौडा र बाराका दुई वटा दमकल प्रयोग गरिए पनि निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

आज बिहान १० बजेदेखि लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सो सिनेमा हलमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङका अनुसार दुईवटा दमकलले आगो निभाउन नसकेपछि वीरगञ्ज र चितवनबाट पनि दमकल मगाइएको जानकारी दिए ।

उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय पनि आगो निभाउन सक्रिय भएको बताए । प्रहरीका अनुसार आगलागीमा मानवीय क्षति नभएपनि आसपासमा आगो फैलन नदिन प्रयास भइरहेको छ ।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्