Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ १४ गते मोदी नेपाल आएलगत्तै लुम्बिनी जाने, अरु के छ कार्यक्रम ?

काठमाडौं, २२ साउन : यही भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । काठमाडौंमा यही अगष्ट ३० र ३१ गते हुने विमस्टेक शिखर सम्मेलनमा भाग लिनको लागि मोदी काठमाडौं आउन लागेका हुन् ।

काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन मोदी भदौ १४ गते ने नेपाल आउन लागेका हुन् ।

मोदी काठमाडौं ओर्लिएलगत्तै लुम्बिनीको भ्रमण गर्न जाने कार्यक्रम समेत तय भएको छ । स्रोतका अनुसार मोदीले लुम्बिनीको साथै पोखराको पनि भ्रमण गर्ने कार्यतालिका बनेको छ । मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ ।

यसअघि मोदी एक महिना पहिलेमात्रै नेपाल आएका थिए । उनले जनकपुरबाट नेपालको भ्रमणको सुरु गरेका थिए । शिखर सम्मेलनमा भाग लिनुको साथै मोदीले नेपालको उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरुसँगपनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्