Logo
५ जेष्ठ २०८१, शनिबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोठमा घाँस हालेर फर्कँने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु

दोलखा : कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ ।

सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो ।

घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा मंगलबार बिहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरीक्षक काफ्लेले बताए ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्