Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानून तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुक्रबार कानून तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्