Logo
२२ बैशाख २०८१, शनिबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः दुई तिहाई बहुमतबाट जोशी प्रधानन्यायाधीशमा अस्वीकृत

काठमाडौं : चार पटक स्थगित गरिएको संसदीय सुनुवाई विशेष समितिको शुक्रवार बसेको बैठकले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।

नेकपा र संघीय समाजवादी फोरमका सांसदले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेका हुन् । काँग्रेसका सांसदले जोशीको पक्ष विपक्ष कुनै पनि मत जाहेर गरेका छैनन् ।

उनीहरुले समितिले अस्वीकृत गर्ने निर्णयको बैठक बहिष्कार गरेका छन् । समितिले दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत गरेको हो ।

साउन १० गते संसदीय सुनुवाई प्रक्रिया सकिएपनि जोशीलाई अनुमोदन गर्ने नगर्ने विषयमा पटक पटक बैठक स्थगित गरिएको थियो ।

संसदीय सुनुवाई समितिले सुनुवाई प्रक्रिया सकिएपछि प्रधानन्याधीशलाई अस्वीकृत गरेको यो पहिलो घटना हो ।समितिमा रहेका चार जना कांग्रेसका सांसदले बैठक बहिस्कार गर्नुको कारण लिखित रुपमै राखेका छन् ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्