Logo
२२ बैशाख २०८१, शनिबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री पद्मा अर्यालको बढुवा, भानुभक्त बने कानूनमन्त्री, डा. यादव स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, १८ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् ।नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।

यता, राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ ।स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् ।

मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ । गैढा भेटपुरका निवासी डा. यादव महोतरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्