Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री महासेठलाई हटाउनेबारे नेकपाभित्र छलफल, प्रधानमन्त्री ओली स्वंय असन्तुष्ट

काठमाण्डौ, १८ साउन : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसंग राजिनमा माग्ने तयारी थालिएको छ । अहिलेको सरकार मन्त्रीहरुमध्ये सबैभन्दा विवादित मन्त्रीको रुपमा महासेठ देखिएका छन् । यातायात व्यवसायीसँग मोटो रकम घुस खाएर सिन्डिकेट हटाउने अभियान तुहाएको आरोपले कमजोर बनाएको मन्त्री महासेठलाई प्रधानमन्त्री केपी ओलीले समेत मन पराउन छाडेको चर्चा छ ।

प्रधानमन्त्री ओलीको निर्देशनमा उनको सचिवालयले अहिले मन्त्रीहरुको मूल्यांकन गरिरहेको छ । मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिएको समाचारहरु सावजनिक भएका थिए । यातायात क्षेत्रको सिन्डकेट अन्त्य गर्ने अभियान सुरु गर्दा प्रशंशा बटुलेका मन्त्री रघुवीर महासेठ पछिल्लो समय त्यही सिन्डिकेटलाई निरन्तरता दिने अभियानमा लागेको अरोप लागेको छ ।

महासेठले भने कामभन्दा पनि घुस र कमिसनमा आँखा लगाउने गरेको कतिपयको आरोप छ । त्यसैले उनलाई मन्त्रीमण्डलमा राख्ने कि हटाउने भन्ने सम्मको सोचमा प्रधानमन्त्री ओली पुगेका छन् । एक जना मन्त्रीले नराम्रो काम गर्दा सरकारलाई नै नकारात्मक असर पर्ने भएकाले नेकपा भित्रैबाट पनि रघुवीरलाई हटाउन दबाब आउन थालेको बताइन्छ ।

सिन्डिकेटधारीलाई कानुनी कारबाहीमा ल्याउने गृहमन्त्री रामबहादुर थापाको अभियानमा असहयोग गरेको आरोप पनि उनी माथि लागेको छ । त्यसैगरी सिन्डिकेट अन्त्यका लागि प्रतिवद्ध भएर लागेका यातायात व्यवास्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरेपछि पनि महासेठ आलोचित भए । सिन्डिकेट हटाउन नेतृत्वदायी भूमिका खेलेका विभागका महानिर्देशक भट्टराईलाई मन्त्री महासेठले मन्त्रालय तानेका थिए ।

झण्डै दुई तिहाई बहुमतसहितको सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् । त्यसैले सरकारका काम कारबाहीलाई अहिले सबैले नजिकबाट नियालिरहेका छन् । आजको दिनसम्म आइपुग्दासम्म यो सरकारले आलोचना बढी सहनुपरेको छ । त्यसैले अबका दिनमा कसरी प्रशशा बटुल्ने वा जनपक्षीय काम गर्ने भन्ने विषयमा स्वयम प्रधानमन्त्री ओली चिन्तित हुनु स्वभाविक नै हो ।

५ वर्षभित्रमा देशको अवस्थामा धेरै सुधार गर्नुपर्ने चुनौति बोकेका प्रधानमन्त्रीले ओलीले आफ्नो मन्त्रीमण्डलका सदस्यहरुप्रति निगरानी बढाएका छन् । रेड जोन अर्थात जोखिमको सूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित परेका छन् । लालबाबुले प्रभावकारी काम गर्न नसके पनि नराम्रो काम नै भने गरेको पाइएको छैन ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्