Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ताबाट बाहिरिनु पर्दाको कुण्ठा हो, कांग्रेसको यो विरोधको कनै तुक छैन : माधवकुमार नेपाल

रामेछाप, १७ साउन : नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले अहिलेको सरकारलाई अधिनायकवादी देख्नेहरु आफै अधिनायकवादी भएको बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछापको भंगेरीमा आयोजित ४० औं पुष्पलाल स्मृति दिवसमा उनले कांग्रेसलाई सरकार बाहिर बस्नु पर्दा छटपटी भएका कारणमात्र अनावश्यक विषय उठाएको बताए ।

‘यो सत्ताबाट बाहिरिनु पर्दाको कुण्ठा हो । यो विरोधको कनै तुक छैन’, नेपालले भने । चुनावी परिणामलाई सहर्ष स्वीकार नगरी मनपरी हिसाबले अघि बढ्न खोज्ने नेपाली कांग्रेस नै अधिनायवादी भएको नेता नेपालले बताए । नेता नेपालले जतिनै विरोध गरे पनि काम, व्यवहार र आचरणबाट उनीहरुलाई जवाफ दिनुपर्ने बताए ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले पुष्पलालको जन्मस्थान रामेछापको भंङ्गेरीलाई सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रदेश सरकारले काम गर्ने बताए । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पुष्पलाल श्रेष्ठले सुरु गरेको कम्युनिष्ट आन्दोलनले गर्दा पार्टी एकता सम्भव भएको बताए ।

उनले नेकपा एमाले र माओवादीबीच भएको एकता सामान्य नभएको बताए । नेता गजुरेलले रामेछापको भंङ्गेरीलाई अन्तराष्ट्रिय स्तरको पर्यटकिय स्थल बनाउनुपर्ने बताए ।

 

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्