Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि विराटनगरस्थित भारतीय दूतावासको कार्यालय बन्द

काठमाडौँ : नेपालस्थित भारतीय दूतावास अन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा बुधबारदेखि बन्द भएका छन् ।

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म/मृत्यु पञ्जीकरण प्रमाणीकरण लगायत सेवा बन्द गरिएका हुन् ।

हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि आज अगष्ट १ देखि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्