Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानून मन्त्रीले मागे माफी : ‘मेरो आसय गलत थिएन, तर सन्देश उल्टो गयो’

काठमाण्डौ : बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् ।

उनले भनेका छन्, ‘मेरो भनाइले बंगलादेशमा डाक्टर पढिरहेका नेपाली युवतीको भावनामा पुग्न गएको चोटप्रति माफी माग्दछु । मेरो आसय गलत थिएन । तर सन्देश उल्टो गयो ।’

विदेश पढ्न तथा श्रम गर्न गएका कोही पनि नेपाली महिला यौनजन्य हिंसामा पर्नुहुँदैन भन्ने आशयले सकारात्मक मनसायले उक्त कुरा राखेको बताएका थिए । आइतबार नै मन्त्री तामाङले विज्ञप्ती पनि निकालेर माफी मागेका छन् ।

मन्त्री तामाङले साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न राखेको कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली युवतीहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए ।

 

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्