Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित

काठमाडौं, ६ साउन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थागित भएको छ ।

केहीदिन यता विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको कांग्रेसले जनाएको हो । देउवा आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए ।

यद्यपि, अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्