Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा सुशासन र समृद्धि कायम गर्न समतामूलक समाज निर्माण गर्नु अावश्यक

काठमाडौं : पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी संगको समन्वयमा समता फाउन्डेशन र Oxford विश्वविद्यालय बेलायतको आयोजनामा “नेपालको बिद्यालय तहको पाठ्यक्रम मा दलित विषय” नामक कार्यक्रममा वक्ताहरुले आधुनिक समाज र देश बिकासमा जातिय भेदभाव अभिशापका रुपमा रहेको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बि .क ले छुवाछुत र जातिय भेदभावले देशको बिकासमा बाधा पुर्याउने बताउदै समय अनुसार पाठ्यक्रम मा परिमार्जन आवश्यक रहेको बताए ।

कार्यक्रममा दलित बिषयलाई बिद्धालयको पाठ्यक्रम मा समाबेश गराउने योजना अनुसार कास्की अन्नपुर्ण गाउ पालिकाका दुई बिद्यालय सृजना समुदायिक बिद्यालय र दुर्गा भवानी मा.वि तथा पोखरा महानगर पालिकाका Oxford स्कुलले दलित बिषयलाई पाठ्यक्रम मा समाबेश गरेको छ ।

कार्यक्रमा मन्त्रि साउदले संविधान जारी भैसकेको अवस्थामा कानुनी रुपले जातीय छुवाछुत र भेदभाव अन्त्य भैसकेको र अब यसलाई व्यबहारमा लागू गर्नुपर्ने बताए । उनले  संस्कृतीक मूल्य र मानयता मा अाधारित समतामूलक समाज को निर्माण गर्नुपर्ने बताए र देश मा सुशासन र समृद्धि कायम गर्न का लागि समतामूलक समाज निर्माण गर्नु अावश्यक रहेको बताए ।

उनले भने पाठमा के लेखिऐ को छ भन्दा पनि शिझकले पाठयक्रम मा समवेश भऐका बिषयबस्तु कुन तरिकाले प्रस्तुत गरिन्छ त्यो कुराले बढी धयान् दिनुपर्ने अावश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्