Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपहरणपछि छात्रालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ

रौतहटको गुजरा नगरपालिका स्थित कंकाली माबिमा अध्ययनरत एक छात्रालाई अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

घटनामा संलग्न रहेको अभियोगमा गुजरा नगरपालिका वडा ७ का रामइश्वर चौधरीका छोरा बर्ष ३६का बलिष्टर चौधरी, रामानन्द चौधरीका छोरा बर्ष २४का धर्मेन्द्र कुमार चौधरी र रामपवित्र महतोका छोरा बर्ष १९का जियालाल महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए ।

घटनाका मुख्य योजनाकार भनिएका बलिष्टर चौधरीले गुजरा नपा ७ कंकाली माबिमा अध्ययनरत १३ वर्षीया छात्रालाई गत बैशाख २४ गते राती घरबाटै अपहरण गरेको प्रहरीले जनाएको छ । सो उनीसहितका समूहले छात्रालाई सर्लाही, पर्सा र भारतको विभिन्न स्थानमा राखेका थिए ।

सो क्रममा बलिष्टर चौधरीले छात्रालाई पटक पटक जबरदस्ती करणी गरेको खुल्न आएको ओझाले बताए । अभियुुक्त मध्ये धर्मेन्द्र र जियालाललाई गरुडाबाट र बलिष्टरलाई बारा प्रहरीले कलैयाबाट पक्राउ गरेको जनाइएको छ ।

पीडित बालिकालाई पर्सा प्रहरीले वीरगंजबाट गत असार २७ गते सकुशल फेला पारेको थियो । तीनैजनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्धा दर्ता गरेर जिल्ला अदालत गौरबाट म्याद थमाइसकेको ओझाले जनाए ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्