Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसारको यस्तो गाउँ जुन पुरै जमिन मुनि बस्ती नै बनाएर बसोबास गरेका छन्

संसारमा सबै मानिस जमिनमाथि नै आफ्नो बासस्थान बनाउने गरेका छन् । तर दक्षिण अस्ट्रेलियामा एउटा यस्तो सानो गाउँ छ जसको नाम हो ‘कूबर पेडी’ यो गाउको विशेषता नै फरक रहेको छ जुन गाउँ जमिन मुनि अवस्थित छ।

कबूर पेडी एउटा मरुभूमीको क्षेत्र हो । यहाँ गर्मीले जमिनको ताप धेरै हुने भएकाले यहाँका मानिसहरु जमिन मुनि गाउँ नै बनाएर बसोबास गरेका छन् । यहाँका मानिसहरु अन्डर ग्राउण्डमै बसे पनि न गर्मीमा एसी र जाडोमा हिटरको आवश्यक पर्दैन । यहाँ करिब यस्ता घरहरु १५ सय जति रहेका छन्।

यहाँ हलिउडको फिल्म सुटिङ पनि हुने गरेका छन् । यहाँ पीच ब्ल्याक फिल्मको सुटिङको दौरानमा प्रोडक्शनले फिल्मको स्पेशीप यही नै छोडेर गएका थिए। यो अहिले पर्टकको लागि आर्कषणको केन्द्र बनेको छ । (एजेन्सी)

 

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्