Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनुपर्छ : मन्त्री अधिकारी

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उनले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा गरेको लगानी अनुरुपको प्रतिफल आउनुपर्नेमा जोड दिएका छन् । साविकको जिल्ला शिक्षा कार्यालयबाट रु ५२ लाख, विद्यालयको आन्तरिक स्रोतबाट रु ८४ लाख ९५ हजार र सांसद विकास कोषको रु १५ लाख गरी कूल रु एक करोड ५१ लाख ९५ हजारको लागत निर्माण सम्पन्न गरिएको हो ।

२०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको सो विद्यालयले २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दशजोड दुई कक्षा शुरु गर्नुका साथै २०७३ सालदेखि सिभिल इञ्जिनियरिङका र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्