Logo
२२ बैशाख २०८१, शनिबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार वर्षाको कारण विद्यालय भवन पहिरोको जोखिममा

पाल्पा : निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ ।

वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो । शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको मूल द्वार र पर्खाल पहिरोका कारण भत्किएको प्रधानाध्यापक केशबहादुर कालुङले बताएका छन् ।

‘लगातार वर्षा भए भवन भत्कने खतरा छ,’उनले भने । बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक फराकिलो गरिएपछि पहिरो खस्न थालेको हो । विद्यार्थीलाई अन्य भवनमा राखेर त्रैमासिक परीक्षा सञ्चालन गरिएको छ । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल एक सय १० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्