Logo
२० बैशाख २०८१, बिहीबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको पहिलो दिन नेप्सेमा १४ अंकको गिरावट

काठमाडौं : साताको पहिलो दिन नेप्से १४ दशमलव ०१ अंकले घटेर १ हजार १ सय ८४ दशमलव ५३ को बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार शेयर बजार खुलेदेखि निरन्तर ओरालो छाएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ९७ अंकले घटेर २ सय ४९ दशमलव १२ अंकमा पुगेर बन्द भएको छ ।

बिहिबार १ सय ५८ कम्पनीहरुका ६ लाख १९ हजार ७ सय ४१ कित्ताको शेयर खरिदबिक्री भई १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाँ कारोबार भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ८८ प्रतिशतले बढेको छ ।

त्यस्तै यस दिन सर्वा्िधक गुमाउनेमा भने तिनाउ डेभलपमेन्ट बैंक, हाथ्वे फाइनान्सका र रैराङ्ग हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको ५ दशमलव ७१ प्रतिशत, ५ दशमलव ५९ प्रतिशत र ५ दशमलव १९ प्रतिशतले घटेका छन् । आइतबार सबै उपपरिसूचकहरु घटेका छन् ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्