Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्युनिसियाद्धारा पानामा २–१ ले पराजित

एजेन्सी : समूह ‘एच’ अन्र्तगत अन्तिम चरणको खेलमा ट्युनिसियाले पानामालाई हराएको छ ।

विहीबार भएको खेलमा ट्युनिसियाले पानामालाई २–१ गोलले हराएको हो । दुवै टोली विश्वकपबाट बाहिरिइसकेको छ ।

यासिन मेरिहाको उपहार गोलमार्फत रुसको मोर्डोभिया रंगशालामा पानामाले अग्रता लिएको थियो । पानामाको प्रहार क्लियर गर्ने क्रममा मेरिहाले आफ्नै पोष्टमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको ट्युनिसियाले दोस्रो हाफमा २ गोल गरेको थियो । ५१औं मिनेटमा बेन युसुफले बराबरी गोल फर्काउँदा ६६औं मिनेटमा वाहवी खाज्रीले विजयी गोल गरेका थिए ।

विश्वकपको नवप्रवेशी टोली पानामा भने तीनै खेलमा पराजित हुन पुग्यो ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्