Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत नियुक्ति व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति गर्ने योजना पनि अघि सार्दै मन्त्री ज्ञवालीले हाल कर्मचारीबाट ५० र बाँकी विशिष्ट व्यक्तिहरुबाट राजदूत नियक्ति हुने गरेकोमा अबदेखि यसलाई निश्चित मापदण्डमा ल्याइने बताए ।

प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले अब राजनीतिक भागबण्डाको आधारमा राजदूत नियुक्त नहुने स्पष्ट पारेका छन्। देशको स्थायी प्रतिनिधि राजदूत भएकाले उनीहरुको नियुक्ति गर्दा योग्य र सक्षम व्यक्ति गर्न उपयुक्त हुने भन्दै उनले त्यसमा आफू गम्भीर रहेको बताए ।

मन्त्रालयले सर्वोच्च अदालतको आदेश अनुसार राजदूत नियुक्ति सम्बन्धी मापदण्डको मस्यौदा अन्तिम चरणमा पुर्याएको भन्दै मन्त्री ज्ञवालीले केही समयमा यसलाई सार्वजनिक छलफलमा ल्याउने बताए । उक्त मापदण्ड निर्माण भइनसकेको अवस्थामा रिक्त देशहरुमा न्यायाधीश नियुक्ति प्रक्रिया सुरु हुने उनले बताए ।

मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे । सांसदहरूले बैठकमा उठाएका परराष्ट्र मामिलासम्बन्धी जिज्ञासाहरूको जवाफ दिँदै उनले भने, कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको छ ।

मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा सञ्चालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दाबी पनि गरे। उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरूको उचित व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्नेलगायतका काम भइरहेको पनि बताए ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्