Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र नेदरल्याण्ड्सबीचको ट्वान्टी ट्वान्टी क्रिकेटलाई आईसीसीको मान्यता

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने त्रिकोणिय ट्वान्टी ट्वान्टी क्रिकेटलाई आईसीसीले मान्यता दिएको छ । आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सन् २०१५ मा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोट पछि आफ्नो अन्तर्राष्ट्रिय मान्यता गुमाएको नेपालको तीन वर्षमा पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो । यो मान्यतापछि नेपालले सन् २०१५ पछि पहिलोपटक आईसीसीको मान्यताप्राप्त ट्वान्टि ट्वान्टि खेल खेल्न पाउने भएको छ ।

नेपालले गत फेब्रुअरीमा जिम्बाब्बेमा आयोजना भएको विश्वकप छनोटमा एकदिवसियसँग सँगै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पनि पाएको थियो । नेपाल र नेदरल्यान्ड्स बिचको पछिल्लो भेट सन् २०१५ मा नेदरल्यान्ड्समा आयोजना भएको चार खेलको श्रृङखलामा भएको थियो ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्