शुल्क फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दैैे निजी विद्यालयमा हड्ताल
काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आईतबार निजी विद्यालयमा हड्ताल भएको छ ।
सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हड्तालको आह्वान भएको हो ।
हडतालका कारण काठमाडौँ उपत्यका लगायत अधिकांश स्थानका निजी (संस्थागत) विद्यालय बन्द भएको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले माग पूरा गर्ने नाममा विद्यालय बन्द गराउनु गलत भएको बताएका छन् । (रासस)