Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरसफाइ व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा शर्मालाई नियुक्त

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले सरसफाइ अभियन्ता, भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई उक्त मन्त्रालय अन्तर्गतको सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गरेका हुन् । वन तथा वातावरण मन्त्रालयबाट हालै तयार गरी कार्यान्वयनमा ल्याइएको ‘नेपाल स्वच्छ’ वातावरण महाअभियान–२०७५ तर्जुमाको क्रममा पु¥याएको सहयोग स्वरुप उनलाई सो पदमा अवैतनिक हैसियतमा नियुक्त गरिएको हो ।

उनलाई उक्त अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने प्राविधिक सल्लाह, समन्वय, स्रोत पहिचान र अभिलेखीकरणको कार्यमा सहयोग पु¥याउनुपर्ने कार्यक्षेत्र तोकिएको सो मन्त्रालयले जनाएको छ । नेपालका एक ख्यातीप्राप्त सरसफाइ अभियन्ता शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ क्षेत्र तथा पछिल्लो समयमा वीर अस्पतालको सफाइ स्वयंसेवी रुपमा गरेका छन् ।

अष्ट्रेलियामा खेम्स क्लिनिङ कम्पनीको स्थापना गरी विगत एक दशकदेखि सफाइ क्षेत्रमा कार्यरत शर्माले हाल नेपालमा सरसफाइको क्षेत्रमा स्वयंसेवीरुपमा कामगरी सफाइका लागि सीप हस्तान्तरणको काम गर्दै आएका छन् ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्