Logo
२२ बैशाख २०८१, शनिबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास, समृद्धि र सुशासनका लागि अबको संघर्ष : प्रचण्ड

काठमाडौं, २७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, विकास र समृद्धिलाई सँगसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।  उनले भने, ‘ स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनु पर्छ । स्थिरता, सुशासन र समृद्धि एउटा मात्रै भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’

रातोपाटी डटकमको पाँचौ वार्षिक उत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।  अब १० वर्ष विकास, समृद्धि र सुशासनको लागि संघर्ष गर्नुपर्ने भन्दै प्रचण्डले ऐतिहासिक रुपमा प्राप्त गरेको यो अवसरमा नेकपाका महासचिव विप्लवसतिका बाहिर रहेका शक्तिहरुलाई पनि सहभागि हुन आग्रह गरे ।

नेकपाका महासचिव विप्लवप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘ म त जनयुद्ध पनि गरेको आएको मान्छे हुँ । तर, अहिले देश नयाँ चरणमा प्रवेश गरिसकेको छ । अब १० वर्षसम्म नयाँ आन्दोन गर्नुपर्ने आवश्यकता रहेको छैन। न्याय र आर्थिक समृद्धिसहितको समाजवाद निर्माणका लागि हामी सहकार्य गरौं ।’

उनले नीजि क्षेत्रलाई अघि नबढाउने हो भने कुनै पनि देशको विकास हुनै नसक्ने बताए । नेपालको विकासको लागि अनुकूल वातावण बनाएर बाह्य लगानी भित्र्याउन विदेशीलाई विश्वासमा लिन आवश्यक रहेको पनि प्रचण्डले बताए ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्