Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेको पहिलो गीत ‘उदास’ सार्वजनिक

काठमाण्डौँ  : चर्चित युवा क्रिकेट खेलेर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। सन्दीपले बुधबार ‘उदास’ बोलको गीत सार्वजनिक गरेका हुन्। पहिलो गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको उनले बताएका छन्। सन्दीपले गीत सार्वजनिक गर्न सहयोग गर्ने सबैलाई ट्विटरमार्फत् धन्यवाद दिएका छन्।

१७ वर्षीय लेगस्पीनर सन्दीपले आइपिएलमा दिल्ली डेयर डेभिल्सको तर्फबाट खेलेपछि उनको चर्चा विश्वभर फैलिएको थियो। उनले विश्व ११ बाट टी–२० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका छन्। उनले आगामी अगस्तमा क्यारेवियन प्रिमियर लिग खेल्दैछन्। लगातार अन्तराष्ट्रिय क्रिकेटमा स्थान पाएका सन्दीप भर्खरै मात्र क्यानडियन लिगमा समेत अनुबन्ध भइसकेका छन्। उनी क्रिकेटसँगै गीत संगीत क्षेत्रमा विशेष रुची राख्छन्। सन्दीपले पहिलो पटक गाएको गीतका शब्द बिनोद तिमल्सिनाका हुन्।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्