Logo
२ श्रावण २०८१, बुधबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै दिनमा रक्तदान, सय किलोमिटर साइकल यात्रा र बन्जिजम्प हानेर अनौठो रेकर्ड (फोटोफिचर)

काठमाडौं : रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् ।

साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधाबार राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए ।

उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो । त्यसलगत्तै उनले बन्जीजम्प समेत गरे । एकै दिन रक्तदान, साइकल यात्रा र बन्जीजम्प गरेर उनले अनौठो साहसिक रेकर्ड कायम गरेका छन् ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्