Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनासँग फास्ट ट्र्याक बनाउने क्षमतै छैन, उच्च प्रविधियुक्त काम गर्न सक्दैन : त्रिपाठी

काठमाडौं, १७ जेठ : सांसद हृदयेश त्रिपाठीले नेपाली सेनासँग काठमाडौं-निजगढ फास्ट ट्र्याक बनाउने क्षमता नै नभएको दाबी गरेका छन् । यसबारे पुनर्विचार गर्न उनले सरकारलाई आग्रह गरे ।

बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद त्रिपाठीले भने, ‘सेनाको नेतृत्वमा फास्ट ट्राक बन्दैन । सरकारले सेनालाई किन दियो मलाई थाहा छैन ।’

सेनाले ट्र्याक खोल्न सक्ने तर, उच्च प्रविधियुक्त काम गर्न नसक्ने उनको दाबी छ । सेनाले फास्ट ट्र्याक नबनाए खाली जग्गामा बस्ती बस्ने उनले बताए ।

सुर्य चुनाव चिन्ह लिई स्वतन्त्र सांसदको हैसियतमा रहेका त्रिपाठीले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ‘तेस्रो लिंगी कार्यक्रम’को संज्ञा दिए ।

सरकारले रकम बनाएर ४ करोड पुर्‍याए पनि कार्यक्रम छनोट गर्न संघीय र प्रदेशसभाका सांसद तथा स्थानीय जनप्रतिनिधि रहेको समिति बनाउने व्यवस्था गरपेछि सांसद त्रिपाठीले चर्को विरोध गरेका हुन् । लाल बुझक्कड् र डलर बुझ्नेहरुले यो कार्यक्रमको विरोध नगरेको भन्दै उनले आक्रोश पोखे ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्