Logo
२३ बैशाख २०८१, आईतबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउत र नेत्रविक्रमलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह

चितवन : गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ नियमित प्रक्रिया भएको जिकिर गरेका छन् ।

उनले ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई दिने सुविधाअनुसार नै ढुंगेल रिहा भएकाले अन्यथा नलिनसमेत आग्रह गरे । गृहमन्त्री थापाले सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा आउन पनि आग्रह गरे ।

बुधबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुंगेलको मुद्दा युद्धकालीन राजनीतिक मुद्दा भएको र सबै राजनीतिक दलहरुकाबीचमा सहमति भएअनुसार नै गणतन्त्र दिवसको दिनमा रिहा गरिएको दावी गरे ।

देशमा अस्थिरता मच्चाउन खोजिए कानुनी र प्रशासनिक दुवै बाटो अपनाउने चेतावनी उनले दिए । मंगलबार सार्वजनिक गरिएको बजेट पूर्वाधार निर्माण, सुशासन र समाजवादउन्मुख भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्