Logo
२२ बैशाख २०८१, शनिबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटप्रति प्रचण्ड बेखुश : पूर्व माओवादीका नेताहरुसँग छलफल नगरिएको प्रचण्डको गुनासो

कठमाडौं, १६ जेठ : सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै बजेटबारे मत एकता देखिएको छैन । अध्यक्ष तथा प्रधानमन्त्री ओली बजेट अहिलेसम्मकै राम्रो आएको दाबी गरेका छन् भने अर्का अध्यक्ष प्रचण्ड भने बजेटप्रति बेखुशी छन् ।

बजेट ल्याउनुपुर्व सम्बन्धित विज्ञ तथा पूर्व माओवादी केन्द्रका नेताहरुसँग पर्याप्त छलफल समेत नगरिएको प्रचण्डको गुनासो छ । समृद्धि र विकासको युगको आरम्भ गर्न यो बजेट पर्याप्त नभएको पनि प्रचण्डले आफू निकटका नेताहरुसँग गुनासो पोखेका छन् ।

सरकारले लोकप्रिय बजेट ल्याउन रिस्क नलिएको प्रचण्डको गुनासो छ । स्रोतका अनुसार प्रचण्डले यो बजेटलाई पनि पूरानै बजेटको निरन्तरताको संज्ञा दिएका छन् ।  ओलीले बजेट पारित तथा कार्यान्वयनको लागि जुट्नुपर्ने समेत निर्देशन आफ्ना पार्टीका सांसदलहरुलाई दिएका छन् ।

तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बजेट पानीजहाज र काठमाडौंमा रेल कुदाउने भएको स्पष्ट पारेका छन् । उनले हिजो आएको बजेट आजसम्मको सबैभन्दा उत्कृष्ट र राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

उता कांग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।

काँग्रेस संसदीय दलको बुधवारको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।

संसदीय दलको बैठकमा प्रचण्ड उपस्थित् भएनन्

यसैबीच, सरकारले हिजो ल्याएको बजेटबारे छलफल गर्न बसेको नेकपाको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित् भएनन् । सरकारले लोकप्रिय बजेट ल्याउन रिस्क नलिएको उनको गुनासो छ । स्रोतका अनुसार प्रचण्डले यो बजेटलाई पनि पूरानै बजेटको निरन्तरताको संज्ञा दिएका छन् ।

बजेट ल्याउनुपुर्व सम्बन्धित विज्ञ तथा पूर्व माओवादी केन्द्रका नेताहरुसँग पर्याप्त छलफल समेत नगरिएको प्रचण्डको गुनासो छ । समृद्धि र विकासको युगको आरम्भ गर्न यो बजेट पर्याप्त नभएको पनि प्रचण्डले आफू निकटका नेताहरुसँग गुनासो पोखेका छन् ।

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्