Logo
६ जेष्ठ २०८१, आईतबार
(May 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नयाँ बजेट : विदेशबाट फर्केकालाई १० र शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण

काठमाडौँ, जेष्ठ १५ : सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे ।

सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ । सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ । सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ । सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।

प्रकाशित मिति: May 29, 2018

प्रतिक्रिया दिनुहोस्