Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गेट आउट’ भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने : सभापति देउवा

काठमाडौँ, जेठ १३ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पारेका छन् । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पारे ।

पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ३ वर्ष पछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दावी समेत गरे ।सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गरे ।

उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोहो¥याए ।सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गरे ।

उनले आगामी निर्वाचनमा पार्टीलाई पूरानै अवस्थामा फर्काउने प्र्रतिवद्धता दोहो¥याउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराए । सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्