Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् : प्रधानमन्त्री ओली

काठमाडौं, १३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण नभएको बताएका छन् । उनले अघि भने,‘मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य गर्छु भनेको छु । विकास गर्छु भनेको छु । ’

अब नेपाललाई गरीब रहन नदिने भन्दै ‘उपचारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् । संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए ।

सम्बोधनको क्रममा ओलीले भने,‘केही वर्षभित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् । हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौे ।

प्रम ओलीले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र र त्यसलाई निर्यात प्रवद्र्धन गर्ने योजना सहित नीति तथा कार्यक्रम आएको पनि बताए ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्