Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्योलमा राजपा : महन्थ ठाकुर र राजेन्द्र महतोको दुई गुटबीच शक्तिसंघर्ष

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन सकिएको ६ महिना पुग्दा पनि राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दल नेता चुन्न सकेको छैन। पार्टी अध्यक्ष महन्थ ठाकुर र अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको नेतृत्वमा रहेका दुई गुटबीचको शक्तिसंघर्षका कारण संसदीय दल नेता चुन्न नसकिएको राजपा सांसदको भनाइ छ।

अध्यक्ष ठाकुरका साथमा नेता अनिलकुमार झा र महेन्द्रराय यादव छन्। अध्यक्षमण्डलका नेता महतोको साथमा भने नेता शरत्सिंह भण्डारी छन्। ठाकुरसँग आठ र महतोसँग नौ जना प्रतिनिधिसभा सदस्य छन्। ठाकुर र महतो पक्षका सांसद एकअर्को गुटलाई आरोप–प्रत्यारोप लगाउँदै संसदीय दल प्रक्रियासम्म राजपा जान नसकेको गुनासो गरिरहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपाका नेतासँगको भेटमा पार्टीले पाएको जनविश्वासलाई अघि बढाउन केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्न र पार्टीलाई एकीकृत रूपमै अघि बढाउन सुझाएको पार्टीका एक नेताले बताउनुभयो।‘मोदीको सुझावका आधारमा राजपा अघि बढ्न नसक्नु दुर्भाग्य हो’, ती नेताले भन्नुभयो ।

अध्यक्षमण्डलको १४ गते बस्ने बैठकले संसदीय दलको नियमावली पारित गरेपछि २५ गते बस्ने राजनीतिक समिति बैठकले दल नेता चयनको तिथि तोक्न सक्ने विश्वासमा सांसद् छन् । दल नेता चयनका विषयमा ठाकुर र महतोबीच नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोणमा समेत मतभिन्नता रहेको स्रोत बताउँछ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी महतो नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निकट रहन चाहनु हुन्छ । काँग्रेसको वर्तमान नेतृत्वसँग असन्तुष्ट ठाकुर भने लोकतन्त्रको रक्षामा दृढ रहेको स्रोत बताउँछन् ।

अध्यक्ष ठाकुर र अध्यक्षमण्डलका नेता महेन्द्रराय यादव स्वास्थ्यका कारण बाहिर भएकाले पनि दल नेता चयन हुन नसकेको बताइएको छ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्