Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमेश यादवको जीवन रक्षाका लागि नेपाल फाउण्डेशनका अध्यक्ष रायलाई १० लाख हस्तान्तरण

धनुषा : साउदीमा मुत्युदण्डको सजाय भोगिरहेका उमेश यादवको जीवन रक्षाका लागि हेल्प मधेशीले संकलन गरेको रु १० लाख मुख्यमन्त्रीको हातबाट बुधबार ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायलाई हस्तान्तरण गरिएको छ । हेल्प मधेशी जनकपुर शाखाले मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री राउतले यादवको जीवन रक्षाका लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

पाकिस्तानीको हत्या आरोपमा मृत्युदण्डको सजाय भोगिरहेका धनुषाका यादवको जीवन रक्षाका लागि ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायको प्रयासपछि मृतकका परिवारले माफी दिने सहमति जनाएपछि यादवको जीवन रक्षाका लागि ब्लडमनी संकलन शुरु भएको थियो । तीस लाख पाकिस्तानी रकम ब्लडमनीस्वरुप पीडित परिवारलाई दिनुपर्ने छ । सो अभियानअन्तर्गत हालसम्म रु ३७ लाख ५० हजार सङ्कलन भइसकेको उमेश यादव बचाउ अभियानका संयोजक रायले बताए । अब उक्त खातामा कुनै रकम जम्मा नगर्न रायले सबैमा आग्रह गरे ।

https://www.facebook.com/yuvakranti/videos/2079631605399459/?t=2

https://www.facebook.com/yuvakranti/videos/2079625972066689/?t=9

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्