Logo
१० असार २०८२, मंगलबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयर सम्पर्कविहिन

सुर्खेत: सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ ।

मकालु एयरको  9N AUJ कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए।

उनका अनुसार विमानमा चालक दलका दुई सदस्य थिए । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाका राजु महतोले बताए ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्